बाढीले बगाएको जीप र एक जनाको शव भेटियो, दुई जनाको अवस्था अज्ञात

काठमाण्डौं– पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले शनिवार साँझ बगाएको ३ जना सवार जिप फेला परेको छ।

कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा जिप फेला परेको हो। हिलोमा पुरिएको अवस्थामा फेला परेको जीपमा एक जना यात्रुको शव फेला परेको छ। अन्य दुई जनाको अवस्था अझै अज्ञात छ।

मृतकको सनाखत भने भइसकेको छैन। बेपत्ता यात्रुको खोजी जारी छ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप साँझ साढे ६ बजेतिर बाढीले बगाएको थियो। बागलुङबाट छुटेको जिपमा एक जना यात्रु बागलुङबाटै आएका थिए। बाँकी दुई जना बाटोबाट चढेका प्रहरीले पत्ता लगाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार जिप खोलामा फसेको थियो। चालक झरेर टायरमा ओट लगाउन खोज्दाखोज्दै बाढीमा बग्यो। जीप वग्दैगर्दासम्म तीन जना यात्रु भित्रै रहेको चालकले प्रहरीलाई बताएका छन्।

सांकेतिक फोटो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट