विरामीका आफन्तले डाक्टरलाई उचालेर पछारेपछि केएमसीमा तनाव

काठमाण्डौं– पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट र अस्पतालमा तोडफोड भएको घट्ना नसेलाउँदै काठमाण्डौंको एउटा अस्पतालमा विरामीका आफन्तले एक जना डाक्टरलाई उचालेर भूइँमा पछारेका छन्।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अध्ययनरत डा. मनिष खड्कालाई यसरी पछार्दै कुटपिट र लछारपछार गरिएको हो। केएमसीमै अध्ययनरत एक डाक्टरका अनुसार ओपीडीमा कार्यरत इन्टर्न डा. खड्काले होहल्ला भएको भन्दै वाहिर गएर प्रतिक्षा गर्न विरामीका आफन्तलाई भनेका थिए।

त्यसपछि दुई÷तीन जना आएर खड्कालाई गाली गर्दै उचालेर पछारेका थिए। उनलाई उचालेर भूइँमा पछारेपछि एक महिला एटेन्डेन्ट उनलाई जोगाउन गएकी थिईन। उनलाई पनि हातपात गरिएको जनाईएको छ।

घटनापछि अस्पतालतमा कार्यरत चिकित्सक तथा इन्टर्नहरूका साथै स्वास्थ्यकर्मीले अस्पतालको सेवा ठप्प पारेका छन्। उनीहरु अस्पताल अगाडीको बाटोमा जम्मा भएर नाराबाजी गरिरहेका छन् । उनीहरु चक्रपथतर्फ अगाडि बढ्ने भएपछि त्यहाँ ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।

उनीहरूले डाक्टर कुट्नेलाई तुरुन्तै पक्राउ गरी कारवाही गर्न माग गरेका छन्। घट्नामा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने २ जना फरार भएको जनाईएको छ।

यसअघि हेटौंडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पताल, चितवनको माडी अस्पतालमा डाक्टर कुटिएका थिए। त्यसको विरोधमा डाक्टरहरू आन्दोलित भएका थिए।

डाक्टरहरूमाथि कुटपिटपछि सरकारले नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकसँग कार्यस्थलको सुरक्षाका लागि शनिवार मात्रै सहमति गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट