भुकम्पको त्रासले अस्पतालको चौरमै मनिषाले जन्माईन बच्चा
काठमाण्डौं– बझाङमा लगातारको भूकम्पका एक महिलाले अस्पतालको चौरमै बच्चा जन्माएकी छिन्।
जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो ।
तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३ः२५ मिनेटमा बच्चालाई जन्म दिएकी हुन् । नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको जनाईएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो।
दिउँसो २ बजेर ४० मिनेटमा पहिलो पटक बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । पछि पुनः ३ बजेर ६ मिनेटमा भूकम्प गएको हो।
प्रतिक्रिया