दिक्तेलकी १७ वर्षिया किशोरीलाई बन्धक बनाएर सातादिन बलात्कार गरी फरार युवक झापामा पक्राउ

दमक– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की १७ वर्षिया किशोरीलाई बन्धक बनाई एक सातासम्म बलात्कार गरेर फरार भएका युवक झापामा पक्राउ परेका छन्। उनी झापाकै बासिन्दा भएको खुलेको छ।

दिक्तेलबाट भागेका झापाको बाह्रदर्शी गाउँपालिका २ का २० वर्षीय अजय शर्मा खत्वेलाई किशोरी बलात्कारको आरोपमा प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको हो।

उनले असोज १० देखि १७ गतेसम्म ति किशोरीलाई नियन्त्रणमा राखेर बलात्कार गरेको आरोप छ।

किशोरीको उजुरीको आधारमा पक्राउ परेका खत्वेलाई झापाबाट खोटाङ नै पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट