एक साता नपुग्दै दुर्गा प्रसाईले महेश वस्नेतसँग लिए वद्ला, १ दर्जन गाडी तोडफोड
दमक– आफुलाई कालोमोसो दलेको साता दिन पुग्न नपाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाँईलले एमाले नेता महेश वस्नेतसँग रिस फेरेका छन्।
काठमाडौंमा भएको आक्रमणको जवाफ उनले झापामा दिएका छन्। झापाको अर्जुनधारामा बस्नेत सहभागी एक कार्यक्रममा एमाले कार्यकर्ताको गाडी प्रसाई र पहिचानवादी समूहले तोडफोड गरिदिएका छन् ।
बिहीबार आयोजित कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएका करिव १ दर्जन गाडी तोडफोड भएको जनाईएको छ।
पहिचानवादीसँग दुर्गा प्रसाईँ समूहका युवाहरु मिसिएर राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनस्थलका गाडी तोडफोड गरिदिएका हुन् । कार्यक्रममा अवरोधको प्रयास समेत गरिएको थियो ।
गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रसाईँलाई कालोमोसो दलिएपछि उनले विर्तामोडमा जुलुससमेत निकालेका थिए ।