कोशीमा आजै ४ जनाको शपथ गराउने तयारी

विराटनगर– कोशी प्रदेशमा मुख्यमन्त्रीसहित ४ जनाको शपथ गराउने तयारी भएको छ । एमालेबाट २ र कांग्रेसका एकसहित ४ जनाको शपथको तयारी छ।
नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले डा. शेखर कोइराला र केपी ओलीलाई भेटेर आएपछि एमालेबाट आजै २ जना मन्त्री थप्न लागेका हुन् ।
एमालेबाट राम राना र एकराज कार्कीलाई शपथ गराइने भएको हो । विद्रोही कांग्रेसबाट भने शमसेर राईले मन्त्रीको शपथ लिने छन् । प्रारम्भिक चरणको मन्त्रीपरिषद विस्तारमा गठबन्धन दलका कसैलाई कार्कीले नराख्ने भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी भएको छ । मुख्यमन्त्री काठमाडौं जानुअघि हिजो १–१ जना मन्त्री बनाउने सहमति भएको थियो ।
प्रतिक्रिया