दुर्गाको मूर्ति विसर्जन गर्न गएका दुई जनाले आफ्नै ज्यान गुमाए

बुटवल– दुर्गा मूर्ति विसर्जन गर्न रुपन्देहीको मर्चवार नदीमा गएका दुई जनाको डुबेर मृत्यु भएको छ ।

दानव र तिनाउ नदीको संगम मर्चवार क्षेत्रको घाटमा कोटहीमाई गाउँपालिका–१ का २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको डुबेर मृत्यु भएको हो ।

मूर्ति विसर्जन गर्न गएका तीन जनामध्ये नाउं र राजभरको मृत्यु भएको र सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

बेपत्ता सन्तकुमारको खोजी भईरहेको एसपी भरतबहादुर विश्वकर्माले वताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट