सडकमा दौडदा दौडदै अभियान्ता तारा बरालको पूर्वएआइजी चन्दसँग विवाह

काठमाडौं– सामाजिक सञ्जालमा बेलावखत भाईरल भईरहने नाम मध्ये अभियन्ता तारा बराल पनि हो। उनी कतिपय विषयमा सडकमा उग्र रुपमा प्रस्तुत हुन्छिन। नाराजुलुस गर्नेदेखि विपक्षीलाई चप्पल हान्नेसम्मका कर्म गर्दै आएकी बराल धेरै पटक पक्राउ पनि परेकी छिन्।

परिवार भन्दा देशको वढि मायाँ लाग्छ भन्ने वराल विभिन्न जनचासोका विषयमा सडकमै दौडिरहेकी र आवाज उठाई रहेकी देखिन्छिन्। उनै वरालले सडकमा दौडदा दौडदै नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्दसँग विवाह गर्ने सहमति गरेकी छिन्।

चन्द डिर्भोसी हुन् भने बराल एकल महिला हुन् । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् । यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो ।

केही दिनअघि राजधानीबाहिरको एक रिसोर्टमा दुवै जना सँगै देखिएका थिए । भरतपुर चितवन घर भएकी ३८ वर्षीया बराल त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रमा एमफिल पढ्दै छिन्। उनी उपभोक्ता अधिकार संरक्षण मञ्चको केन्द्रीय सदस्य हुन।

काठमाडौंलाई आफ्नो कर्म थलो बनाउँने सपना बोकेर बराल काठमाडौं पसेकी हुन। श्रीमानको मृत्युले उनका सपनामा ठूलो बज्रपात नै प¥यो। मिर्गाैलाको समस्या रहेका उनका श्रीमानले लकडाउनको समयमा आत्महत्या गरे ।

वीर अस्पतालमा डायलासिस गराइरहेका ताराका श्रीमानलाई लकडाउनमा अस्पताल धाउन निकै कठीन भयो। ताराका अनुसार उनका श्रीमानले प्रहरीलाई फोन गरी अस्पताल जानका लागि सवारीको व्यवस्था गरिदिन आग्रह गरेका थिए। सहयोग गर्नुको सट्टा प्रहरीले उल्टै हपारेको उनले गुनासो गरेकी थिईन। यस्तै यस्तै तनावका कारण उनले आत्महत्याको बाटो रोजेको वताईएको छ।

त्यसपछि जेनतेन गरेर गुजारा चलाइरहेकी बरालको एक छोरा र एक छोरी छन्। परिवार भन्दा धेरै देशको चिन्ता रहेको उनी बताउछिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट