प्रहरी हिरासतमै दसैं मनाएका नेकपा क्रान्तिकारीका प्रवक्ता बास्तोला ७० हजार धरौटीमा रिहा

काठमाडौं– आफुले चलाएको स्कारपियोले विपरित साईडमा रहेको मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएपछि पक्राउ परेका नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्।

दाङ जिल्ला अदालतले तोकेको ७० हजार धरौटी बुझाएर उनी शुक्रवार रिहा भएका हुन। अदालतले शुक्रबार नै उनलाई धरौटीमा छोड्न आदेश दिएको थियो।

बास्तोलाले शुक्रबार नै अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएको दाङका एसपी रामबहादुर केसीले बताए।

२ कात्तिकको राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियोले विपरित साईडमा रहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बास्तोला आफ्नो घर सुर्खेतको पञ्चपुरी नगरपालिका–९ तर्फ जाँदै थिए।स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा घाईते भएका दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।

दुर्घटनामा बाँस्तोलालाई भने कुनै चोटपटक लागेको थिएन। त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। दशैंभरी उनी प्रहरी हिरासतमै थिए।

सम्वन्धित खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट