बीस रुपैयाँको झगडामा ७२ वर्षिया महिलाको ज्यान गयो, २० वर्षिय युवा पक्राउ

काठमाडौं– बीस रुपैयाँको झगडामा अर्घाखाँचीका एक युवकले ७२ वर्षिया महिलाको हत्या गरेका छन्। मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्लेकी हरिकला भुसालको हत्या भएको हो।

मालारानी घर भई भूमिकास्थान १, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपाली भुसालको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानले देखएको छ। नेपाली पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका सई प्रतित सिंह राठोरका अनुसार १४ कात्तिकमा बीस रुपैयाँका लागि नेपाली र भुसालबीच झगडा भएको थियो। नेपाली झगडा गर्न भुसालको घरमै पुगेका थिए । झगडा बढ्दै जाँदा उनले भुसाललाई मुक्का र खुकुरीको उल्टो भागले हिर्काएर हत्या गरेको बयानका क्रममा खुलेको छ।

नेपालीले भुसालको हत्यापछि उनीसँग भएको नगद र सुनका गरगहनासमेत लिएर भागेका थिए। नेपालीले घट्ना स्विकार गरेको र थप अनुशन्धान पनि जारी रहेको सई सिंहले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट