प्रिति पासवानको कार्यक्रममा ढुङ्गामुढा भएपछि सप्तरी महोत्सवमा झडप

राजविराज– सप्तरीको राजविराजस्थित राज रंगशालामा आयोजित ‘सप्तरी महोत्सव’मा शनिवार झडप भएको छ। कलाकार प्रीति पासवानको कार्यक्रम ढुङ्गामुढा भएपछि झडप भएको हो।
झडपमा धेरै युवामाथि कुटपिट भएको छ। कलाकार प्रीति पासवानको प्रस्तुति रहेको भन्दै आयोजकले व्यापक प्रचार प्रचार गरेको थियो। ५० रुपैयाँको टिकलाई १०० बनाईएको थियो भने तीन वटा गेटबाट दर्शकलाई प्रवेश गराईएको थियो।
प्रवेश शुल्कमा भारी वृद्धि गरे पनि हजारौँ दर्शक रंगशालामा पुगेका थिए। तर, कार्यक्रम स्थलमा पुग्नै नसकेपछि दर्शकहरूले कार्यक्रम स्थलमा ढुंगामुढा गरे। अत्यधिक भीडले टिनले घेरिएको वेरा भत्कियो। दर्शकले लात्तिले हानेर वेरा भत्काएका थिए। बाहिर रहेका दर्शकहरू एकसाथ प्रवेश गरेपछि होहल्ला सुरु भयो। यसैक्रममा कार्यक्रमको स्टेजमै ढुंगामुढा भएको प्रत्यक्षदर्शीले वताएका छन्।
ढुंगामुढा भएर कार्यक्रम विथोलिएरपछि लाठि बोकेकार आयोजकका स्वयम सेवक र प्रहरीले दर्शकमाथि कुटपिट सुरु गरे। अन्धाधुन्ध लाठी वर्षिएपछि दर्शकको भागाभाग भयो। ढुंगामुढा र झडपपछि दर्शकको भीडले स्टेज र कुर्सीहरू तोडफोड गरेक।
कुटपिटपछि कलाकार पासवानको कार्यक्रम स्थगित भएको थियो।