गुडिरहेको जिप हुरहुरी बलेपछि १३ जना यात्रुको भागाभाग

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका १ को १९ मोडमा गुडिरहेको जिपमा आगो लागेको छ। जिपमा आगो लागेपछि यात्रुको भागाभाग भएको छ ।
भे.१ च ४४७० नम्बरको राइनो जिपमा वायरिङ सर्ट हुँदा आगो लागेको हो। आगो लागेपछि १३ जना यात्रुले भागेर ज्यान बचाएका छन्।
आज बिहान भएको उक्त दुर्घटनास्थलमा सेनाको टोली तत्काल पुगेर आगलागी नियन्त्रणमा लिएको थियो । अर्जुनवाण गण सुरक्षा पोष्ट देउरालीबाट चार जनाको टोलीलगत्तै घटनास्थल पुगेको हो ।
आगलागीबाट मानवीय क्षति नभए पनि जिप पूर्णरुपमा जलेर नष्ट भएको छ ।
प्रतिक्रिया