दुर्गा प्रशाईको प्रदर्शनः ब्यवस्था प्रतिको असन्तुष्टि की वैंकको ऋण नतिर्ने ट्रिक ?

काठमाडौं– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमालेका नेता महेश बस्नेतले माइतीघर मण्डलमा कार्यक्रम गर्न नपाउने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने भएको हो।

पछिल्लो समय खुलमखुल्ला एकअर्कालाई चुनौती दिँदै आएका प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै मण्डलमा कार्यक्रम गर्न उनीहरूलाई रोक लगाएको जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक सीडिओ रविन्द्रप्रसाद आचार्यले बताए।

जिल्ला प्रशासन कार्यालयले सोमबार नै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। छलफलमा आएमा छुट्टाछुट्टै स्थान तोकिदिने तर माइतीघर मण्डलमा कार्यक्रम गर्न भने नदिने आचार्यले बताए।

युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन र प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भन्दै माइतीघरमै कार्यक्रम गर्ने तयारी गरेका छन्।

प्रसाईंले कम्बोडियामा लगानी छ भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईंसँग रुष्ट छ। प्रसाईंलाई काठमाडौँमा एक कार्यक्रममा मोसो समेत दलिएको थियो। आफूलाई एमाले नेता महेश बस्नेतको योजना मोसो दलिएको प्रसाईंको आरोप छ।

त्यही रिस फेर्न महेश बस्नेत कार्यक्रमका लागि झापा जाँदा अवरोध गरिएको थियो भने कार्यक्रम स्थलमा राखेका दर्जनौ गाडी तोडफोड गरिएको थियो।

जानकारहरुले प्रसाईलाई बैंकको ऋण तिर्न नसकेर ‘मास सेन्टिमेन्ट’ बटुल्ल राजनीतिमा होमिएको आरोप लगाइरहेका छन् । कतिले भने पुराना दलले बिगारेको राजनीति सफा गर्न आएका चमत्कारिक पात्रका रुपमा व्यख्या गरिरहेका छन्।

प्रसाई युद्धकालदेखि नै माओवादीसित नजिक थिए। उनी माओवादी अध्यक्ष पुष्पकमल दाहालका प्रिय पात्र र सहयोगदाता थिए। माओवादीमै हुँदा पनि प्रसाईँ एमालेका नेताहरुसँग नजिक थिए। नेपालमा एकजना व्यपारीले दलका नेताहरुसँग नजिकको सम्बन्ध राख्नु नौलो कुरा भएन । तर क्रमशः प्रसाईँ यसरी हाबी हुँदै गए कि– माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुरा गराउने पात्र भए।

हुँदाहुँदा पानी बाराबार भएका प्रचण्ड र ओलीलाई आफ्नो घरमा ल्याएर भात खुवाउन प्रसाईँ सफल भए । अझ एमाले र माओवादीबीच एकता गराउनमा समेत उनको महत्वपूर्ण हात रहेको भनिन्छ। पार्टी एकिकरण गरेर एक भएका ओली र दाहाल पछि छुट्टिए। दुर्गा प्रसाईँ माओवादीबाट उछिट्टिएर एमालेमा टाँसिए । बिमएसीको सम्बन्धन र अन्य धन्दा चलाउन उनलाई एमालेको साथ कम्फरटेबल लाग्यो।

त्यसपछि उनले दाहालको उछितो काड्न थाले। तर, झापा– ५ बाट सांसदको टिकट नपाएपछि उनी ओलीसँग पनि चिढिए। ‘हजुरबा’का लागि जे गरेर भए पनि एमालेबाट सांसदको टिकट लिने, चुनाव जित्ने, स्वास्थ्यमन्त्री हुने र आफ्नै मेडिकल व्यवसायलाई सफल बनाउने उनको चरम महत्वाकांक्षा एमालेको निर्णयले स्खलित भयो।

त्यसपछि उनी क्रमशः एमालेविरुद्ध खनिन थाले । बैंकको ऋणका कारण डुबेको व्यवसाय उकास्न अहिले उनले ‘हिन्दू राज्य र राजसंस्थाको मुद्दा उछाल्ने, माहोल भड्काउने’ र फाईदा लिने योजना बनाएको जानकारहरु वताउँछन्।

उनले ७ मंसिरमा बृहद् प्रदर्शनको घोषणा गरेका छन्। सरकारले प्रसाईँलाई उल्कै ठूलो मानेर व्यवस्थानै खतरामा परेको शंका गर्न थालेको छ। अहिले खासगरी राजतन्त्र र हिन्दूराज्यको पक्षमा वकालत गर्नेहरु अधिकांशले प्रसाईँलाई समर्थन गरिरहेका छन्।

माओवादी पार्टी कार्यालय अगाडि नै दुर्गा प्रसाईले किन राखे सचिवालय ?

सडकबाटै छिनोफानो गर्ने मनस्थितीमा छन् दुर्गा प्रसाई र महेश वस्नेत ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट