माओवादी पार्टी कार्यालय अगाडि नै दुर्गा प्रसाईले किन राखे सचिवालय ?

काठमाडौं– नेकपा माओवादी हुँदै एमाले र त्यसपछि राजावादी भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राज्य व्यवस्था नै उल्टाउने उद्घोषसहित मंसिर ७ गते काठमाडौंमा भीषण प्रदर्शन गर्ने दाबी गरेका छन्।
राजनीतिक दलका नेताहरूको फेरो समातेर व्यावसायिक लाभ लिने प्रयास असफल भएपछि उनी ब्यवस्था नै परिवर्तन गर्न लागेका हुन। प्रसाईँले देशैभरीबाट आफ्ना समर्थकहरूलाई काठमाडौं उतारेर शक्ति प्रदर्शन गर्न गर्ने भनेका छन्।
उनको यो प्रदर्शनका लागि कोटेश्वर पेरिसडाँडा स्थित माओवादी केन्द्रको पार्टी कार्यालय अगाडि नैसचिवालय स्थापना गरिएको छ। प्रसाईले स्थापना गरेको सचिवालय नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयकै सामुन्ने छ।
वृहत् नागरिक मुक्ति आन्दोलन भन्दै प्रसाईँले गर्न लागेको प्रदर्शनका लागि स्थापना गरिएको सचिवालयका कारण ‘प्रसाईले किन माओवादी कार्यालयलाई टार्गेट बनाए ?’ भन्ने कौतुहलता देखिएको छ।
तर, माओवादीकै कार्यालय अघि आफ्नो अभियानको सचिवालय राख्नुमा उनकै घर भएको संयोग मात्र भएको एक कार्यकर्ताले बताए। अहिले सचिवालय स्थापना गरेको घर उनकै आफ्नै हो।
सडकबाटै छिनोफानो गर्ने मनस्थितीमा छन् दुर्गा प्रसाई र महेश वस्नेत ?