उदयपुरमा पिकनिक गएको स्कुल बस दुर्घटना, ३ जनाको घट्नास्थलमै मृत्यु

राजविराज– उदयपुरमा पिकनिक गएको एक निजी विद्यालयको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। घाईते मध्ये ३ जनाको अवस्था गम्भिर छ।

उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपुर्ण वोर्डिङ स्कुलको बस उदयपुरगढी गाउँपालिका–७, जोगिटोल (अँधेरी) मा दुर्घटनामा परेको हो। उक्त बस भाडामा लिएर स्थानीय बासिन्दा पिकनिक गएका थिए।

बस दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दुर्घटनामा बसका चालक ४० वर्षीय भिखन चौधरी, सात वर्षीया सन्ध्या चौधरी र ६ वर्षीय बिकास चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि जिल्ला बाहिर बठाइएको छ। अन्य घाइते ३३ जनाको उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनास्थल त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपाकिलाको सीमा क्षेत्र हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट