‘वैवाहिक बलात्कार’ को विषय उठेपछि विवादमा घेरिए बबी देओल

काठमाडौं– भारतीय फिल्मका चर्चित अभिनेता बबी देओल पछिल्लो समय ‘वैवाहिक बलात्कार’ को एउटा दृष्यका कारण विवादमा परेका छन्। सामाजिक सञ्जालमा यसको तिव्र आलोचना भईरहेको छ।

प्रसंग फिल्म ‘एनिमल’को हो। यो फिल्मले भारतमा जति कमाइरहेको छ, उति नै आलोचना पनि खेपीरहेको छ। भारतको राज्यसभामा पनि यो फिल्मको विषय मुद्दा बनेको छ।

खास गरी यो फिल्ममा रणवीर कपुरका केही दृश्यहरु विवादमा थिए। बलात्कारको एउटा दृस्यले भने बबी देओललाई पनि विवादमा तानेको छ। यो फिल्ममा बबी देओल खलनायकको भूमिकामा देखिएका छन्। फिल्ममा बबी र उनकी पत्नीको भूमिकामा अभिनेत्री मानसी तक्षकबीचको वैवाहिक बलात्कारको दृश्य छ।

बबीले फिल्ममा आफ्नी श्रीमतीसँग दुर्व्यवहार गर्ने निर्दयी श्रीमानको भुमिका निभाएका छन्। फिल्ममा बबी (अब्रार हक) र मानसीको विवाह चलिरहेको छ। त्यही बेला अबरारलाई भाइको मृत्युको खबर आउँछ।

यो खवरले रिसले पागल भएको अब्रारले व्यवस्थापकलाई निर्ममतापूर्वक मार्छ र बेहुली मानसीमाथि पनि आक्रमण गर्छ। त्यसपछि आफना अरु दुवै श्रीमतीलाई पनि बोलाउँछ। उनीहरुले आफ्नो कुरा नसुनेको भन्दै हात उठाउँछ।

मानसीलाई विवाहको दृश्यपछि फिल्ममा देखाइएको छैन। यो प्रकरणले उनी पनि चर्चामा छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट