५ महिनादेखि तलवविहिन भएपछि कार्यालय अगाडि धर्ना वस्दै रुपनीका कर्मचारी

राजविराज– आन्तरिक विवादका कारण ५ महिनाअघि तयार गर्नुपर्ने वजेट हालसम्म पेस गर्न नसकेको सप्तरीको रुपनी गाउँपालिका एकमाथि अर्को समस्यामा परिरहेको छ। पछिल्लो समय तलब भत्ता नपाएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन्।

असार १० गते कार्यपालिकामा बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने प्रावधान रहेपनि रुपनी गाउँपालिकाले अहिलेसम्म पनि वजेट पारित गर्न सकेको छैन। जसका कारण गाउँपालिका अन्तर्गतका शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी सवैको तलबभत्ता रोकिएको छ।

यसैगरी, ५ महिनादेखि सामाजिक सुरक्षा भत्ता समेत बाँडिएको छैन। यस सम्वन्धमा गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवलाई पटक पटक जानकारी गराउँदा समेत सुनुवाई नभएपछि आन्दोलननै गर्नु पर्ने अवस्था आएको स्वास्थ्य क्षेत्रका कर्मचारीहरु वताउँछन्।

उनीहरुले आईतवार अध्यक्ष यादवलाई सोमवारसम्मको समय दिएर ज्ञापनपत्र बुझाएका थिए। ज्ञापन पत्रमा सोमवारसम्म तलबभत्ता उपलब्ध गराउनेसहितका माग पुरा नभए सम्पुर्ण कामकाज ठप्प पारेर कार्यालय अगाडि धर्ना वस्ने जनाईएको थियो।

निर्धारित समयमा माग पुरा नभएपछि कर्मचारीहरु मंगलबारदेखि गाउँपालिका कार्यालय अगाडि धर्ना वस्ने तयारीमा छन्। धर्नामा स्वास्थ्य शाखा प्रमुखसहित मातहतका स्वास्थ्य संस्थाका प्रमुख र वडा सचिबसमेत सहभागि हुने जनाईएको छ।

तलवभत्ता र कार्यालय संचालन खर्च उपलब्ध गराउन, स्वास्थ्य संस्थाहरुमा औषधि आपूर्ति गर्न र स्वास्थ्य संस्था संचालन बापत पाउनुपर्ने प्रशासनिक खर्च उपलब्ध गराउन उनीहरुले माग गरेका छन्।

लामो समयदेखि तलव भत्ता नपाउँदा बैंकको किस्ता तिर्न नसकी घरजग्गा लिलाम हुने अबस्था आएको, बालबालिकाहरुको शुल्क तिर्न नसक्दा विद्यालयबाटै दैनिक दबाब खेप्नु परेको उनीहरुले वताएका छन्। स्वास्थ्य संस्थामा आवश्यक औषधी नहुँदा बिरामीबाट समेत गाली खानु परेको स्वास्थ्यकर्मीहरु वताउँछन्।

र, यो पनि

सप्तरीको रुपनीसहित मधेशका ८ पालिकाले अझै बजेट पेस गर्न सकेनन्, के हुन्छ कारवाही ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट