पूजा शर्माको भयंकर एक्सन सिनसहित ‘दान्भी’ को टिजर सार्वजनिक (भिडिओसहित)

काठमाडौं– पूजा शर्माको भयंकर एक्सन सिनसहित नेपाली फिल्म ‘दान्वी’ को टिजर सार्वजनिक भएको छ। ‘जहाँ मानवता सकिन्छ। त्यहाँ काली र दुर्गाको रुपमा दान्वीको उदय हुन्छ’ भन्ने सम्वादबाट सुरु भएको टिजर बिहीबार सार्वजनिक गरिएको हो।
टिजरभरि पूजाको एक्सन अवतार देखाईएको छ। अर्का मुख्य कलाकार कुन्साङ बोमजन पनि टिजरमा देखिन्छन्। तर, १ मिनेट ३३ सेकेण्डको टिजरभरि पूजा नै केन्द्रमा छिन। पूजाको यो पहिलो एक्सन फिल्म हो। उनी यसअघि प्राय लबस्टोरी फिल्ममा काम गर्दै आएकी थिईन।
टिजरमा पूजाका भरपुर एक्सन सिनले फ्यानलाई उत्साहित बनाउँछ। रुपेश तामाङको निर्देशन रहेको यो फिल्म सन् २०२४ मा रिलिज हुनेछ। यसमा देव मगर र अनुप गडालको लगानी छ।
संजोग रानाको संवाद, हरि लामा ‘घले’ को छायाङ्कन, सत्यम रानाको भीएफक्स रहेको यो फिल्मलाई नवराज शर्माले मुख्य सहायक निर्देशनको भुमिका निर्वाह गरेका छन्। यो फिल्मले नेपाली फिल्म क्षेत्रमा एक्सनमा नयाँ शैली भित्र्याउने आशा गरिएको छ।