जेलबाट छुटेपछि बालकृष्ण खाँणले पहिलो पटक सानेपामा अनुहार देखाए

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब ६ महिना थुनामा बसेर धरौटीमा रिहा भएका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण पहिलोपटक पार्टीको बैठकमा सहभागी भएका छन्।

कांग्रेस मुख्यालय सानेपामा बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा बिहीबार भने उपस्थित भएका थिएनन्।

शरणार्थी प्रकरणमा मुछिएपछि गत २७ वैशाखमा पक्राउ परेका उनी २९ मंसिरमा ३० लाख धरौटीमा रिहा भएका थिए।

यसअघि २ साउन र ४ असोजमा केन्द्रीय समिति बैठक बस्दा पूर्वगृहमन्त्रीसमेत रहेका खाँण केन्द्रीय कारागार सुन्धारमा थिए। उक्त बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने या नगर्नेबारे बहससमेत भएको थियो।

महामन्त्री गगन थापा समेतले निलम्बन गर्नुपर्ने बताए पनि सभापति शेरबहादुर देउवाले मानेका थिएनन्। कांग्रेस संस्थापन पक्षको अडानले उनको निलम्बन रोकिएको थियो।

देउवाले सार्वजनिक मञ्चबाटै खाँण निर्दाेष रहेको भन्दै अदालतबाट न्याय पाउनेमा आफू आशावादी रहेको बताउने गरेका थिए। उनलाई कारागारमै रहेका बेला सार्वजनिक मञ्चमा सम्मान पनि गराईएको थियो।

त्यस्तै, बैठकमा कांग्रेसका संस्थापनइतर समूहका नेता तथा केन्द्रीय सदस्य शेखर कोइराला भने गएका छैनन्। उनी पूर्वी नेपाल पाँचथर लगायतका जिल्लामा हुने पार्टीका विभिन्न प्रशिक्षण तथा कार्यक्रमहरूमा व्यस्त छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट