प्रचण्डले धेर बोलेरै सिंहदरबार अस्तब्यस्त बनाए

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै मन्त्रीहरू परिवर्तन गरेर काँध फेर्ने र प्रभावकारी ढंगले काम गर्ने घोषणा गरिसका छन्।

२८ मंसिरमा सिंहदरबारमा आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम र बजेटबारे चौमासिक समीक्षा बैठकमा प्रस्तुत गरिएको रिपोर्ट कार्ड हेरेपछि दाहाल मन्त्री फेर्ने कसरतमा लागेका हुन्। खास गरी ११ वटा मन्त्रालयको नतिजा खराब देखेपछि सबै मन्त्री परिवर्तन गर्ने गरी उनको छ। उनी मन्त्रिपरिषद सेट नै नयाँ बनाउने योजनामा छन्।

यही वैठकमा उनले मन्त्री फर्ने कुरा गरेपछि सिंहदरवारमा रहेका कर्मचारीहरूले मन्त्रीको निर्देशनलाई मान्न छाडिसकेका छन्। सचिव मन्त्रीलाई भेट्नै चाहदैनन्। मन्त्रीको कार्यकक्ष त कुरै छोडौं सचिवहरु व्रिफिङमा समेत जान छोडिसकेका छन्। जसले गर्दा सिंहदवारमा कर्मचारीहरूले काम नगर्दा अस्तव्यस्त बनेको छ।

यता, सरकारमा कसकसलाई मन्त्री बनाउने भन्ने माओवादीभित्र आन्तरिक बहस चलिरहेको छ। माओवादीबाट सरकारमा सहभागी चार मन्त्रीमध्ये कसलाई बाहिर लैजाने र कसलाई मन्त्रीमा ल्याउने भन्नेबारेमा आन्तरिक लविङ र बहस शुरु भएको छ। अहिले माओवादीबाट एक राज्यसहित चारमन्त्री छन्।

नारायणकाजी श्रेष्ठ गृह, शक्तिबहादुर बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार र सुदन किराती पर्यटन मन्त्रालयमा छन्। दाहाल वर्षमान पुनलाई अर्थमन्त्री र सल्लाहकारबाट राजिनामा दिएका हरिबोल गजुरेललाई राष्ट्रिय सभामा लैजाने गृहकार्यमा छन्। यद्यपि, गजुरेलले प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा दिएपछि आफू राष्ट्रिय सभामा नजाने तथा मन्त्री पनि नखाने बताउँदै आएका छन्।

नेता देवेन्द्र पौडेललाई रेखा शर्माको स्थानमा मन्त्री वनाउने तयारी छ। यद्यपि, रेखाको स्थानमा अर्को कुनै महिलालाई दिनुपर्ने बहस पनि चलिरहेको छ। प्रधानमन्त्री दाहाल ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको रिपोर्ट कार्डसँग त्यति सन्तुष्ट छैनन तर, उनलाई तत्कालै हटाइहाल्न पनि मन गरेका छैनन् । प्रधानमन्त्रीका लागि उनी जत्तिको विश्वासिलो अरु देखिएका छैनन।

गृह मन्त्रालयको जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास जग्गा प्रकरण, सुन प्रकरणलगायतमा अनुसन्धानको काम थालनी गरेका थिए। ती कामहरूमा गृहमन्त्री श्रेष्ठको स्पीड थेग्न प्रधानमन्त्रीलाई समेत गाह्रो भएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरण र वालुवाटार जग्गा प्रकरणमा श्रेष्ठको भूमिका गठबन्धन दल विरोधी भएकाले त्यतिबेला गठबन्धन नै धरापमा परेकाले यसपटक दाहालले मन्त्रालय परिवर्तन गर्ने गरी छलफल गरिरहेका छन्।

कांगे्रेसले गृहमन्त्रालय लिने संकेत गरेपछि माओवादीले अर्थ ताक्ने र वर्षमान पुनलाई पठाउने सम्भावना छ। तर, कांग्रेस सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतलाई तत्कालै हटाउने गरी अर्को कुनै कदम नचाल्ने बताइएको छ। पार्टी महामन्त्री गगन थापा नै आउन चाहे मात्रै महतलाई पार्टी कामको जिम्मेवारीमा पठाउने सभापति देउवाको आशय रहेको स्रोतको दावी छ। तर, गगन थापाले आफू आवधिक कालका लागि कुनै पनि मन्त्री नलिने बताइरहेका छन्।

यता, पर्यटनमन्त्री सुदन किरातीको रिपोर्ट कार्डसँग प्रधानमन्त्री पूर्णतयाः असन्तुष्ट छन्। उनले क्रिश्चियन धर्मलम्बीहरूको कार्यक्रममा पुगेर प्रधानमन्त्रीसमेतलाई मुछेर हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएपछि असन्तुष्टी चरम शीमामा छ। साथै मन्त्रालय अन्र्तगतका नियुक्ति लगायतको विषयमा पनि आफु मुछिएकाले असन्तुष्ट रहेका प्रधामन्त्रीले किरातीको विकल्प खोजिरहेको माओवादी नेताहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट