डेरावालाकी १० वर्षीया नातिनीसँग पल्किएका घरवेटी, हजुरआमाले देखेपछि प्रहरी खोरमा

विराटनगर– १० वर्षिया बालिकालाई बलात्कार गरेको आरापमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई पक्राउ गरेको छ।

आफै घरमा कोठा भाडा लिएर डेरा बस्ने दम्पत्तिकी नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा मगरलाई प्रहरीले बुधबार राति घरबाटै पक्राउ गरेको हो।

बालिकाको वास्तविक घर धनकुटा हो। बालिकाका बुबा रोजगारीका सिलसिलामा विदेश छन्। आमा पनि दोस्रो बिवाह गरेर गएपछि बालिका हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन्।

यसरी अभिभावकसँग आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले वताए।

मगरले पछिल्लो पटक मंगलबार बालिकालाई बलात्कार गरेको खुलेको दाहालको भनाई छ। अभिभावक कोही पनि नभएको अवस्थामा शौचालय नजिकको खाली जग्गामा लगेर बालिकिालाई बलात्कार गरेको खुलेको छ।

मुख थुनेर बोल्नसमेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको पत्ता लागेको छ। मगरले बुधबार दिउँसो बालिकालाई हातमा समातेर तान्दै गरेको हजुरआमाले देखेपछि यो घटना बाहिर आएको हो।

‘मगरले हातमा समातेर तान्दै गर्दा बालिका चिच्याइछन्। त्यतिबेलै हजुरआमाले पनि देखेपछि घटना बाहिर आएको हो,’ डीएसपी दाहालले भने, ‘यसअघि पनि पटकपटक बलात्कार गरेको बालिकाले बताएकी छन् । डर र त्रासका कारण बालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाउन नसकेकी रहिछन्।’

बारम्बार बलात्कारको पीडामा परेकै कारण बालिका निन्द्रामा चिच्याउने, डराउने, अरुबेला पनि तर्सिने गरेको प्रहरीले जनाएको छ। उनलाई अहिले उपचारका लागि अस्पतालमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट