सालकको खपेटासहित घर ज्वाईँ पक्राउ, कोठामै भेटियो तस्करीको सामान

धरान– धरानमा घर ज्वाईँ बसेर सालकको खपेटा तस्करी गर्दै आएका संखुवासभाका २८ वर्षिय युवकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका–५, किसान चोकस्थित ससुराली घरमा बस्दै आएका संखुवासभाका २८ वर्षीय सन्दिप राई र सोही उपमहानगर–१६ बस्ने २१ वर्षीय मनोज तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले राईको कोठा खोजतलास गर्ने क्रममा सालकको खपेटा फेला पारेको थियो। सोधपुछका क्रममा उनले नै तामाङबाट खपेटा लिएको बताएका थिए। त्यसपछि तामाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट तीन सय ४० ग्राम सालकको खपेटा बरामद गरेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट