सीडीओको अगाडि बसेर कन्चनरुपका मेयर र प्रमुख प्रशासकिय अधिकृतको मिलापत्र

राजविराज– सप्तरीको कन्चनरुप नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको लफडा सीडीओ कार्यालयमा गएर मिलेको छ। मेयर ललनप्रसाद गुप्ताले आफुबाट गल्ती भएको स्विकार गरेपछि दुवै पक्षले मिलापत्रको निर्णय गरेका छन्।

जिल्ला प्रशासन कार्यालय सप्तरीका सीडीओ किरण थापाको कार्यकक्षमा मंगलबार दुवै पक्ष बसेर छलफल गरेका थिए। जसमा तीन वुँदे सहमति भएको छ। प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेमाथि हातपात गरेको विषयमा मेयर गुप्ताले कमजोरी स्विकार गरेको जनाईएको छ।

उनले यसअघि आफुले कसैलाई हातपात नगरेको दावी गर्दै आएका थिए भने अधिकृत घिमिरेले ब्यक्तिगत स्वार्थ पुरा नहुँदा मेयरले कार्यकक्षमा वोलाएर आफुलाई हातपात गरेको आरोप लगाएका थिए।

यो घट्नापछि नगरपालिका र वडा कार्यालयका कर्मचारीहरु सम्पूर्ण काम कारवाही रोकेर आन्दोलनमा उत्रिएका थिए। आजको सहमतिपछि वुधबारबाट सेवा सूचारु हुने कार्यालयका कर्मचारी नबराज खड्काले बताए।

बुधबार कार्यपालिकाको वैठक वस्ने जानकारी दिएका उनले त्यसपछि मेयरको ब्यवहारका आधारमा आफुहरु अगाडिको कदम चाल्ने वताएका छन्।

यस्तो छ सहमति

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट