‘एसईईमा ग्रेडिङ सिष्टम हट्यो, पास हुन ३५ नम्बर अनिवार्य’

काठमाडौं– सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा ग्रेडिङ सिष्टम हटाएको छ। यसवर्ष चैत्र पहिलो हप्तादेखि सुरु हुन लागेको एसईईमा ग्रेडिङ सिष्टम लागू नहुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

शर्माले यसवर्ष वार्षिक क्यालेन्डर अनुसार नै एसईईको परीक्षा हुने बताएका छन्। संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसईईसम्बन्धी व्यवस्था अहिले लागू नहुने भन्दै शर्माले अन्योलमा नपर्न आग्रह गरे।

‘शिक्षा विधेयकमा १० कक्षाको परीक्षा उल्लेख नभएकाले धेरै कुरा आएको छ, एसईई हुन्छ’ उनले भने–‘परीक्षा, नतिजाको क्यालेन्डर निकालेको छ। क्यालेन्डर अनुसार एसईई हुन्छ।’

अध्यक्ष शर्माले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइरहेकाले एसईई प्रभावित नहुने बताए।

यता परीक्षा नियन्त्रक नन्दालाल पौडेलले यसवर्षदेखि एसईईका सबै विषयमा उतिर्ण हुनका लागि अनिवार्य रुपमा ३५ मार्क्स ल्याउनुपर्ने बताएका छन्। यसवर्ष एसईईको परीक्षामा नन ग्रेडिङ लागू हुने भएकाले पास हुनका लागि सबै विषयमा ३५ प्रतिशत ल्याउनैपर्ने पौडेलको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट