सन्दीपबाट बलात्कृत किशोरीको फोटो सार्वजनिक गर्ने रास्वपा कार्यकर्तालाई कारवाही

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको पहिचान सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन्।

किशोरीको पहिचान सार्वजनिक गरेको आरोपमा चितवनका दिवस सापकोटालाई पार्टीले निलम्बन गरेको हो। बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको उल्लेख गरेको छ।

सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेको रास्वपाको भनाइ छ।

सापकोटाले पीडित किशोरीको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौ,’ रास्वपाले भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट