आरजु राणाको प्रश्तावः विवाहका लागि लाइसेन्सको व्यवस्था गरौं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ एबम् कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छिन्।

बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै उनले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापतिसमेत रहेकी राणाले विवाह गर्नका लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन्।

विवाह गर्नका लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने उनको भनाई छ। त्यसका लागि वडा तहदेखि कानुनी रुपमा नीति बनाउन आवश्यक रहेको राणाले बताइन्।

अन्य धेरै देशहरुमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको बताउँदै उनले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरु रोक्नका लागि कानुन नै एकमात्र विकल्प हुनसक्ने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट