सन्दीप प्रकरणः कांग्रेस नेता भण्डारीको गम्भिर सवालमा एमाले नेतृ उषाकिरणको भद्धा जवाफ

राजविराज– क्रिकेटर सन्दीप लामिछानेलाई काठमाण्डौ जिल्ला अदालतले ८ वर्षको जेल सजाय सुनाएपछि अहिले नेपाली समाज तरंगित छ।

फैसलापछि सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस भइरहेका छन। कतिले प्रत्यक्ष रूपमा त कतिले अप्रत्यक्ष रूपमा आफ्ना धारणा राखिरहेका छन्। खास गरी आधार र प्रमाणभन्दा वाहिर गएर अदालतले बलात्कारमा लामिछानेलाई दोषी ठहर गरेको भन्दै कतिपयले आलोचना गरिरहेका छन्।

लामिछानेले किशोरीको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले ठहर गरेको थियो। यस वाहेक अदालतसँग सन्दीपले बलात्कार नै गरेको हो भनेर पुष्टि गर्ने अर्को आधार र प्रमाण फैसलामा उल्लेख छैन। वादी पक्षका वकिलहरुले नै ति प्रमाण पेश गर्न सकेका थिएनन्।

लामिछानेका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले पनि कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गरेका छन्। बरु उनीहरुबीच ‘सहमति’ का यथेष्ट सूचकहरु प्रतिवादी पक्षबाट पेश भएका थिए। युवक र युवती दुवैजना हाँसीखुशी होटलभित्र प्रवेश गरेको सीसीटीभी फुटेज छ। होटलमा सँगै रात बिताएको भोलिपल्ट सन्दीपकै गाडी चढेर होटलबाट निस्किएको युवती स्वयमले स्वीकारेकी छन्।

रातभर ‘बलात्कृत’ भएकी युवती भोलिपल्ट कथित ‘बलात्कारी’ सँगै हाँसीखुसी निस्किन सम्भव छ कि छैन भन्ने विषयमा फैसला बोलेको छैन। बलात्कार भएको भनिएको भोलिपल्टै किशोरी प्रहरीमा नगएर २० दिनसम्म कस्लाई पर्खेर वसिन भन्ने विषय पनि मौन छ।

सीसीटीभी फुटेजबाट सन्दीप र युवती काठमाडौंबाट नगरकोट गइ पुनः काठमाडौं आइ राति होटलको एउटै कोठामा बस्दासम्म वादी र प्रतिवादीबीच विवाद नदेखिएको फैसलामै स्विकारीएको छ। तर, ‘राति एउटै कोठामा बसेको अवस्था देखिएको र सो समयमा गौशाला २६ ले करणी भएको भनेको र गौशाला २६ र सन्दीप लामिछानको घटना हुँदाको दिनको क्रियाकलापको घटनाक्रम समेतलाई विचार गर्दा प्रतिवादी तथा गौशाला २६ का बीचमा करणी भएको देखियो’ भन्दै फैसलामा लेखिएको छ।

अर्कोतर्फ सन्दीपसँग भेटेको भोलिपल्ट उनले ‘आइ हग्ड सन्दीप लामिछाने एसटरडे’ (हिजो मैले सन्दीपलाई अंकमाल गरेँ) भनेर साथीलाई पठाएको म्यासेज पनि अदालतमा पेश भएको थियो। यो मात्र होइन, उनले सन्दीपसँग भेटेको दिनलाई आफ्नो जीवनकै सर्वाधिक खुशीको दिन भनेर समेत लेखेकी छन्।

त्यसपछि २१औं दिनमा मात्रै उनी जाहेरी दिन प्रहरीमा पुगेकी हुन्। सन्दीपले सामाजिक सञ्जालबाट ब्लक गरेपछि मात्रै यो कदम चालिएको उनी पक्षका कानुन ब्यवसायीहरु वताउँछन्। यता, शारीरिक सम्बन्ध स्थापित भएको यथेष्ठ प्रमाण समेत प्रश्तुत भएको छैन।

वादी पक्षले मेडिकल रिपोर्टमा ‘ओ टीयर’ (झिल्ली च्यातिएको) लेखिएकोलाई औंल्याएर बलात्कार भएको दलिल गरेका थिए। तर, मेडिकल रिपोर्ट बनाउने डाक्टरले यही आधारमा आरोपीसँग शारीरिक सम्बन्ध रहेको ठहर गर्न नमिल्ने भनेर अदालतमा बकपत्र गरेका छन्। साइकल चलाउँदा वा अरु कुनै दोस्रो व्यक्तिसँगको संसर्गवश पनि झिल्ली च्यातिनसक्ने उनले बताएका थिए। दुवैजना एउटै कोठाभित्र सुतेपछि शारीरिक सम्बन्ध पक्कै भयो होला भन्ने अन्दाजमा फैसला आएको भन्दै कतिपय कानुन ब्यवसायीले प्रतिक्रिया जनाएका छन्।

यसै क्रममा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले पनि घुमाउरो पारामा सन्दीपप्रति सहानुभूति प्रकट गरे। उनले बलात्कारको परिभाषामै प्रश्न उठाएर नीतिगत सुधारको आवश्यक्त औल्याएका छन्।

उनी ट्विटरमा लेख्छन्, ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ। कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार? बलात्कार भनेको के हो? अनि प्रेम के हो? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन? परिभाषाको आवश्यकता।’

यसरी उनले सभ्य र गम्भिरतापूर्वक उठाएको प्रश्नमा नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले भने भद्धा जवाफ दिएकी छिन्। सांसद भण्डारीको ट्वीटमा उनले लेखेकी छन्, ‘जति खाना र गोबरबीच फरक छ, त्यति नै प्रेम र बलात्कारबीच फरक छ। कोही प्रेममा छ भने बलात्कार हुन्न र कोही बलात्कारीले प्रेम गर्न जान्दैन सायद। तपाईंको परिभाषाको आवश्यकता भाँडमा जावोस्।’

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट