माईत गएकी श्रीमतीको ससुरालीमै गएर हत्या, सासुसहित २ जना घाईते

विराटनगर– पाँचथरमा एक ब्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। तुम्वेवा गाउँपालिका–४ घर भएका असफल कुरुम्बाङले मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे पुगेर श्रीमती गोमा फियाकको हत्या गरेका हुन।

ससुरालीमा आएर असफलले खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा मृत्यु भएको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्दा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन्।

उनीहरुलाई उपचारका लागि दमक पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिए।

असफल र गोमाका विचमा घरायसी विवाद थियो। सोही विवाद मिलाउन बिहीबार साँझ ८ बजे ससुराली घरमा छलफल भइरहेका बखत कुरुम्बाङले श्रीमती, सासु र छिमेकीलाई खुकुरीले हानेको प्रहरीले जनाएको छ।

विवादको विषय खुलेको छैन। कुरुम्बाङ घटनापछि फरार रहेकाले खोजी भईरहेको पाँचथर प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट