रक्सीले मातेर श्रीमतीको हत्या, हराएको भन्दै खोजीदिन छिमेकीसँग गुहार
रुपन्देही– दाङमा रक्सीले मातेका एक व्यक्तिले शनिवार मध्यरातमा रडले हानेर श्रीमतीको हत्या गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरेर हत्या गरेका हुन्।
प्रहरीले पण्डुलेलाई राति नै नियन्त्रणमा लिएको छ। मदिराले लठ्ठ भएका पेण्डुवाले घरभित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।
पण्डुवाले श्रीमतीको हत्यापछि आफ्नी श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारे । तर सहयोगका लागि पुगेका दुई छिमेकीमाथि पनि उनले रड प्रहार गरेको प्रहरीले जनाएको छ।
घाइते भएका एक युवा र एक महिला उपचारपछि राति नै घर फर्किसकेका छन्।
प्रतिक्रिया