पाकिस्तान विरुद्ध नेपाली ब्याटरले एकै बलमा दौडिएर बनाए ५ रन

राजविराज– आईसीसी यू–१९ विश्वकप २०२४ को आजको खेलमा आज अनौठो दृष्य देखिएको छ। नेपालका सुवास भण्डारी र आकाश चन्दले पाकिस्तानविरुद्ध दौडिएर एकै बलमा पाँच रन बनाएका छन्।

तीव्र गतिका बलर मोहम्मद जिशानको ४९ औं ओभरको पाँचौं बलमा उक्त पाँच रन जोड्न सफल भएका हुन्। जिशानलाई सुवास भण्डारीले उक्त बल प्रहार गरेका थिए।

सुवास र आकाशले सुरुमा दुई रन सजिलै जोडे। तर पाकिस्तानका फिल्डरले फालेको थ्रो बल समाउन नसकेपछि सुवास र आकाशले त्यसको भरपर फाइदा उठाउँदै थप ३ रन बनाए।

त्यसैको कारण नेपालले एकै बलमा पाँच रन जोड्न सफल भएको थियो। नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ। टस जितेर नेपालले पहिला ब्याटिङ रोजेको थियो। नेपाल निर्धारित ५० ओभरमा १९७ रनमा अल आउट भयो।

नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए भने आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट भए। सुवास भण्डारीले २४ बलमा २० रन बनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट