सभामुखका ज्वाईँलाई तलव नखुवाएपछि मधेश प्रदेश सभाका सचिव कुटिए

जनकपुर– मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलका सहयोगीले सचिव मनोजकुमार गिरीमाथि कुटपिट गरेका छन्। केही दिन ढिलो गरी घटना सार्वजनिक भएको हो।

सभामुख मण्डलको सचिवालयमा रहेका कर्मचारीहरुलाई तलव खुवाउन अस्विकार गरेपपछि सचिव गिरीमाथि कुटपिट भएको स्रोतको दावी छ। मण्डलले यस विषयमा गिरीमाथि दबाब वनाउँदै आएका थिए। तर गिरी भने ऐन बनाएपछि मात्र तलव खुवाउन सक्ने भन्दै तर्किदै आएका थिए। सोही विषयमा कुरा नमिलेपछि गिरीमाथि कुटपिट भएको खुलेको छ।

सभामुख नियुक्त भएपछि मण्डलले आफ्ना ज्वाईसहित दुई दर्जन भन्दा बढी आफन्तलाई सचिवालयमा भर्ति गरेका छन्। उनिमाथि आसेपासे र कार्यकर्ता भर्ति केन्द्र्र बनाएको विपक्षीको आरोप छ।

भ्रमण भत्तालगायत करारका कर्मचारीहरुलाई तलब, सुबिधा दिन अस्वीकार गरेकै कारण यस अघिका सचिव रञ्जित यादवको सरुवा गरी गिरीलाई प्रदेश सभामा ल्याईएको थियो। गिरी मण्डलकै रोजाईमा आएका हुन। तर, सभामुखको सेवा सुबिधाभन्दा बढी सचिवालयका कर्मचारीलाई तलव भक्ता खुवाउनु परेपछि गिरीले पनि हात खडा गरेका थिए।

घटना बाहिरिएपछि सभामुख मण्डलले भने कुटपिट नभई सामान्य भनाभन भएको बताएका छन्। तर, सचिव गिरीले आफू माथि कुटपिट नै भएको दावी गरेका छन्। दुई दिनसम्म आफुले यस विषयमा नवोलेको बताएका उनले बोल्नै पर्ने भएपछि मात्र घट्ना सार्वजनिक गरेको बताए।

मधेश निजामती कर्मचारी मञ्चका महासचिव बेचनकुमार महतोले एक विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको कुटपिटलगायत दुव्र्यवहारको भत्र्सना गर्दै दोषीउपर कारबाहीको माग गरेका छन्। मधेश प्रदेश सरकारका प्रमुख सचिव दिनेश घिमिरेले घटनाबारे अनविज्ञता प्रकट गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट