रविका सदाचारी र करोडपति सांसदको असली रुपः उपचारको ५ हजारका लागि पनि हात पसारे

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसदहरु पारदर्शीता र जवाफदेहीताका मुद्दा निकै उचाल्छन। राजनीतिमा नयाँ–नयाँ भएका कारण उनीहरुका काण्ड खासै वाहिर नआएर होला पुराना दलका नेताहरुको कमजोरीलाई समातेर उनीहरु हायल कायल पार्छन।

तर, रास्वपा वयस्क हुँदै जाँदा यसका नेताहरुका काण्ड पनि एकपछि अर्को गर्दै वाहिरिदै गएका छन्। त्यसको पछिल्लो उदाहरण हो– सांसद असिम साहले उपचार खर्चका नाममा लिएको ५ हजार रुपैयाँ। उनले उपचार खर्चवापत सरकारबाट ४ हजार ९ सय ४२ रुपैयाँ लिएका छन्।

पार्टी सभापति रवि लामिछानेले आफ्ना सांसदहरुले व्यक्तिगत खर्चका लागि राज्यको एक रुपैयाँसमेत नलिने घोषणा गर्दै आए पनि सांसद साहले भने संसद सचिवालयबाट उक्त रकम बुझेका हुन। पुस ०७९ देखि एक वर्षको अवधिमा सांसदहरुले औषधि उपचारका लागि लिएको खर्च विवरणमा उनले २३ असोज ०८० मा उक्त रकम बुझेको संसद सचिवालयको रेकर्डमा उल्लेख छ।

रास्वपाले आफ्नो आधिकारिक वेवसाइटमा ‘हामी के गर्दैनौँ ?’ शीर्षकमा पार्टीले नगर्ने १३ वटा कामहरुको सूची राखेको छ। सूचीको पाँच नम्बर बुँदामा लेखिएको छ, ‘कुनैपनि उपचारको बहानामा राज्यको स्रोतसाधन र शक्तिको दुरूपयोग गर्दैनौं।’ तर, चलचित्रको रंगिन दुनियाँबाट राजनीतिमा आएका र समानुपातिक सांसद बनेका साहले भने पार्टीको नीति लत्याएर उपचार खर्च हात थापेका हुन्।

साहको व्यक्तिगत पृष्ठभूमि हेर्दा उपचारकै लागि राज्यसँग ५ हजार हात थाप्नुपर्ने हैसियतका होइनन्। ‘दुई रुपैयाँ’ जस्तो हिट चलचित्रका निर्देशकसमेत रहेका उनको करोडौँको व्यवसाय छ। आर्थिक रुपमा सम्पन्न परिवारकै सदस्य पनि हुन्।

तर, पुराना पार्टीले सुशासन दिन नसक्ने दाबी गर्दै राजनीतिमा आएका रवि नेतृत्वको रास्वपाका सम्पन्न सांसदले आफ्नो उपचारको लागि राज्यसँग हात पसारेको यो घटनलाई कतिपयले अनौठो मानेका छन्।

उसो त, रास्वपाभित्रै यस्ता कयौं उदाहरण वाहिरिएका छन्। जसले रास्वपा नेताहरु नाराका लागि मात्रै सदाचार र आदर्शका कुरा गरिरहेका छन् भन्ने स्पष्ट पार्ट।स्थापनाको एक वर्षमा नै अमुक व्यापारीसँग पैसा मागेको आरोपमा यो दलले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरिसकेको छ। यही दलका कतिपय सांसदहरुलाई सुविधा नपुगेको गुनासो छ। कतिपय सांसदहरुमा ‘राष्ट्रवाद’को भोक जागिसकेको छ। कतिपयलाई मुद्दाभन्दा आफूलाई केन्द्रमा राखेर खेलिने ‘भिक्टिम कार्ड’ प्यारो छ।

यतिमात्रै होईन, सभापति रवि लामिछानेकै पनि कयौं घट्ना सार्वजनिक भएका छन्। उनी अमेरिकाको नागरिकता बोकेर सांसदको चुनाव लडे, दुई/दुई पटक चुनाव गर्न लगाएर राज्यलाई भार थप्ने काम गरे। आफ्ना अनेक प्रपञ्चबाट जोगिन गृहमन्त्रालय हत्याए, मन्त्रीबाट हट्नु परेपछि हतार–हतार सार्वजनिक खरिद ऐन र नियमावली विपरीत राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिन कार्यविधि जारी गराए।

जीबी राईसँग मिलेर सोझा जनताले सहकारीमा जम्मा गरेको करोडौं रकम हिनामिना गरेको आरोप उनीमाथि छ। आफ्नै सवारी चालक छतबाट खसेको घट्ना र श्रीमती निकिता पौडेलले सहकारीमा रकम अपचलन गरेको विषयमा पनि उनी जवाफदेही नभएको आरोप छ। अझ आश्चर्य र उदेक लाग्दो कुरा चै एनसेल प्रकरणमा रविको मौनता देखिएको छ। यस विषयमा अन्य कतिपय सांसदले कुरा उठाएपनि रवि लामिछानेले खासै कुरा उठाएका छैनन्। अन्य विषयमा उनले दिने चासो जुन तहमा हुने गरेको छ, एनसेल प्रकरणमा त्यो तहमा कुरा नउठाएको जानकारहरु बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट