एमालेको जिल्ला अधिवेशनमा कुटाकुट, एक कार्यकर्ताको हात भाँचियो

काठमाडौं– नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशनमा कुटाकुट हुँदा एक जना कार्यकर्ताको हात भाँचिएको छ।

शुक्रबार सुरु भएको जिल्ला अधिवेशनको आज बन्द सत्र हुने कार्यसूचि रहेको थियो। तर बन्द सुरु हुनु अगावै अधिवेशन स्थगित गरिएको छ। बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरेका हुन।

ढुंगेलले अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको र पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको जनाएका छन्। यता, पार्टीको लेटरहेट प्रयोग नगरी ढुंगेलको हस्ताक्षरमा जारी विज्ञप्ती किर्ते भएको एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले दाबी गरे।

उनले अधिवेशनका कार्यक्रहरु बिहानैदेखि निरन्तर सञ्चालन भैरहेको र भ्रम फैलाउने काम गरिएको बताए। त्रिपाठीले अधिवेशन नरोकिएको जानकारी दिदैं पार्टीको लेटरहेडमा विज्ञप्ती सार्वजनिक गरेका छन्।

बागमती प्रदेश कमिटिका अध्यक्ष ढुंगेलले आफ्नो गुट स्थापित गर्न यस्तो रणनीति अपनाइएको आरोप एमाले नेताहरुले लगाएका छन्। आफ्नो गुटको हार निश्चित भएपछि ढुंगेलले जिल्लाका नेताहरु खेम लोहनी र रमेश आचार्यको इशारामा संगठनको लेटर प्याड, छाप र चलानी बिना मनोमानि ढंगले विज्ञप्ती जारी गरेको आरोप नेताहरुको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट