इन्डियन एयर फोर्सको पोसाकमै ऋतिक र दीपिकाको चुम्बनले विवादमा पर्यो ‘फाईटर’

काठमाडौं– भारतीय फिल्म ‘फाईटर’ मा इन्डियन एयर फोर्सको पोसाकमै देखाईएको ऋतिक रोशन र दीपिका पादुकोनको चुम्बनको दृश्य विवादित बनेको छ।

इन्डियन एयर फोर्सको पोसाकमै देखाइएको चुम्बनको दृश्यले संस्थाको अपमान गरेको भन्दै इन्डियन एयर फोर्समा कार्यरत कमाण्डर सौम्यदीप दासले फिल्म निर्देशक, अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोनलाई ‘लिगल नोटिस’ पठाएका छन्।

इन्डियन एयर फोर्सको पोसाक कपडाको टुक्रा मात्र नभएर देशको लागि गरिएको त्याग, अनुशासन र समर्पणको निशानी भएको उल्लेख गर्दै उनले पोसाकमै त्यसखालको दृश्य देखाउनु गलत भएको जनाएका छन्।

देशको प्रतीक रहेको कुनै पनि कुरालाई ‘रोमान्टिक एंगल’ देखाउनु गलत भएको र पोसाकमै त्यसखालको हरकत गर्नु अनुशासन र नियमको उल्लंघन हुने उनको पत्रमा उल्लेख छ। कमाण्डर दासले फिल्मबाट उक्त दृश्य हटाउन माग गरेका छन्।

फिल्म निर्माण टोलीले इन्डियन एयर फोर्स र कार्यरत जवानहरूसँग माफी माग्नुपर्ने समेत उनको भनाई छ। सिद्धार्थ आन्नदद्वारा निर्देशित ‘फाईटर’ ले ३५० करोड कमाइ गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट