जीबी राईलाई मात्रै ८७ करोड ऋण दिएको सुप्रिम सहकारीका अध्यक्ष गुरुङ पक्राउ

काठमाडौं- १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना गरी एक वर्षदेखि फरार रहेका बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ पक्राउ परेका छन्।

प्रहरीले गुरुङसहित भैरहवा शाखाका व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बुटवलले बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष गुरुङ र पाण्डेय पक्राउ परेका हुन। गुरुङ विहीबार र पाण्डेय शुक्रवार पक्राउ परेका हुन।

यो सहकारीका संस्थापक अध्यक्ष एवं संरक्षक पनि गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्र बहादुर (जिबि) राई हुन। उनी सम्पर्कविहीन छन्। सहकारीले राई अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो।

राईले आफू आवद्ध रहेको गोरखा मिडियामा विभिन्न ५ वटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८६०, जिपि ग्रुप एण्ड कम्पनी लिमिटेडमा विभिन्न सातवटा मितिमा गरी १४ करोड ९९ लाख ५९ हजार ५२०, स्प्रीङ उड रियल स्टेड हाउजिङ प्रालिमा तीनवटा मितिमा ६ पटक गरी १८ करोड २१ लाख ७८ हजार १८३ रुपैयाँ ऋण लगेका थिए।

त्यस्तै राई संचालक रहेको नेचर नेष्ट प्रालिमा विभिन्न तिनवटा मितिमा २ करोड ८९ लाख ७१ हजार ८८५ र गितेन्द्र बाबु राईको नाममा तिनवटा मितिमा ६ करोड २० लाख ८८ हजार ४८९ रुपैयाँ गरी ७८ करोड ५० लाख ७६ हजार बढी रकम ऋण लगेका थिए। पाँचवटा कम्पनीमा लगेको ऋणवापत राईले सहकारीलाई व्याज मात्रै ९ करोड १९ लाख १ सय रुपैयाँ बुझाउनुपर्ने छ। सावाँ र व्याज गरी ८७ करोड ६९ लाख ७६ हजार ७६५ रुपैयाँ लिएर राई सम्पर्कविहीन भएका छन्।

यसैगरी, अन्य संचालक तथा विभिन्न ५२ जना ऋणीहरुलाई दिएको २४ करोड ३ लाख ९३ हजार ७२५ रुपैयाँ पनि सहकारीले उठाउन सकेको छैन। ती ऋणीहरुले पनि व्याजवापत मात्रै ३ करोड ९८ लाख १९ हजार ७७५ रुपैयाँ बुझाउन बाँकी देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट