सांसद चन्द्र भण्डारीको प्रश्नः किसानको बाली खाने बाँदरलाई बन्ध्याकरण, अनुदान खानेलाई के?

काठमाडौं– सांसद चन्द्र भण्डारीले सरकार विदेशीको इसारामा नाच्न थालेपछि देशमा बाँदर आतंक सुरु भएको जिकिर गरेका छन्। बाँदर नियन्त्रणका लागि बन्ध्याकरण गर्ने भन्दै भएका बहसप्रति आश्चर्य प्रकट गर्दै उनले यस्तो जिकिर गरेका हुन।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विदेशीले सल्ला लगाउन सल्लाह दिएको प्रसंग निकालेर जंगलमा सल्ला लगाएर चिउरीसहितका वनस्पति मासिएपछि बाँदर गाउँ आएको उनको भनाइ थियो।

उनले बाँदरको प्रसंग कोट्याएर किसानको अनुदान खाने बाँदरलाई चै के गर्ने ? भन्दै प्रश्न गरे। ‘किसानको बाली खाने बाँदरलाई बन्ध्याकरण गर्ने रे…सभामुख महोदय, किसानको अनुदान खाने बाँदरलाई के गर्ने ?’ सांसद भण्डारीले भने, ‘विदेशीले जे भन्छन् त्यही गर्दा यो अवस्था आएको हो।’

उनले विदेशीले सल्ला रोप भन्दिएपछि सबैले सल्ला रोपेको र २० वर्षपछि तिनै विदेशीले आएर सल्ला लगाएर गलत भयो भन्दिएको बताए। उनले अमेरिकाका विभिन्न स्टेटले गाँजा उपभोगमा छुट दिएको भन्दै नेपालमा भने उत्पादनमा समेत प्रतिबन्ध लगाइएको बताए।

उनले देशमा पुँजी निर्माण पनि नहुने र पुँजी संचिति पनि नहुने गरेको बताए। प्लेनमा आउनेलाई र गाडीबाट आउने पर्यटकका लागि पैसाको सीमा तोक्नु गलत भएको भन्दै जतिसक्दो ‘पैसा ल्याउ खर्च गर’ भन्ने नीति बनाउनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट