अमेरिकामा रेखाले जन्माईन छोरी, पेटमै हुँदा आलोचना खेपेकी छोरीको नाम ‘वैभवी’

राजविराज– राप्रपाकी नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाले अमेरिकामा छोरी जन्माएकी छिन्।
थापाले आफ्नो पहिलो सन्तानका रुपमा छोरीलाई जन्मदिएकी हुन। उनले सामाजिक सञ्जालमा छोरीको जन्म भएको जानकारी दिँदै उनी जन्मिनुको कारण महान् रहेको बताएकी छन्।
‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ। हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ।’–उनले पतिसहितको तस्बिर सेय गर्दै लेखेकी छिन्।
उनले न्वारान कर्मअघि नै छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छिन्।
थापा सन्तान जन्माउन अमेरिका पुगेकोमा विषयमा सर्वत्र आलोचना भएको थियो। उनको आफ्नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समेत नेतृथापाको उदाहरण दिदै नेपाली आमाहरु आफनो सन्तान नेपाली नहोस भनेर चाहना राख्न थालेको वताएका थिए।
राजनीतिक व्यवस्थाले नेपाल बस्न लायक देश नरहेको सन्देश नयाँ पुस्तामा गइरहेको बताउन लिङ्देनले रेखाको उदाहरण दिएका थियो। लिङ्देनले एक जना पूर्व गृहमन्त्री बुहारी लिएर अमेरिका गएको बताउँदै आफनो नाति नेपालमा नजन्मियोस् भनेर उनले सुत्केरी गराउन बुहारी नेपालबाट अमेरिका लगेको बताएका थिए।
‘एक जना पूर्व गृहमन्त्रीको कुरा मात्र होइन, एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो’ उनले भनेका थिए–‘नानी जन्माउन अमेरिका। जीवनमा एउटा महिलाले पहिलोचोटी प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन। ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ?’
त्यसको जवाफमा नेतृ थापाले पनि लिङ्देनलाई विदेशमा रहेकी आफनी छोरी फिर्ता ल्याउन चुनौती दिएकी थिईन।
र, यो पनि