रेखा थापा सन्तान जन्माउन अमेरिका पुगेकोमा ब्यंग्य गर्दै राजेन्द्र लिङ्देनले गरे राष्ट्रियताको ब्याख्या
काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै पार्टीकी नेतृ रेखा थापाको उदाहरण दिदै नेपाली आमाहरु आफनो सन्तान नेपाली नहोस भनेर चाहना राख्न थालेको वताएका छन्। नेता थापाप्रति केही व्यंग्य गर्दै उनले नेपालको वास्तविकताको उजागर गरेका हुन।
राजनीतिक व्यवस्थाले नेपाल बस्न लायक देश नरहेको सन्देश नयाँ पुस्तामा गइरहेको बताउन लिङ्देनले रेखाको उदाहरण दिएका हुन्। रेखा थापा अहिले आफनो पहिलो सन्तान जन्माउन अमेरिका पुगेकी छिन्। केही दिनअघि उनले बेबी सावर मनाएको भीडियो सामाजिक सञ्जालमा पोष्ट गरेकी थिईन।
राप्रपानिकट प्राज्ञिक परिषद्को राष्ट्रियता सम्बन्धी प्रवचन कार्यक्रममा उपस्थित भएका लिङ्देनले एक जना पूर्व गृहमन्त्री बुहारी लिएर अमेरिका गएको बताए। आफनो नाति नेपालमा नजन्मियोस् भनेर उनले सुत्केरी गराउन बुहारी नेपालबाट अमेरिका लगेको बताए।
‘एक जना पूर्व गृहमन्त्रीको कुरा मात्र होइन, एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो’ उनले भने–‘नानी जन्माउन अमेरिका। जीवनमा एउटा महिलाले पहिलोचोटी प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन। ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ?’
गणतन्त्रपछिका १५ वर्षमा नेपालमा राष्ट्रियतालाई कमजोर बनाइएको दाबी उनको छ।