१२ वर्षीया बालिका बलात्कृत, आरोपीलाई काठमाडौंमा पक्राउ गरी गोरखा पठाईयो

काठमाडौं — १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर महानगरपालिका–१८ का ३२ वर्षिय प्रदिप लामा लोप्चनलाई पक्राउ गरेको छ।

काठमाडौ महानगरपालिका–४ वालुवाटार बस्ने लोप्चनले बालिकालाई विभिन्न प्रलोभनमा पारी गोरखाको पालुङटार नगरपालिका–५ मा लगेर बलात्कार गरेको आरोप छ।

जाहेरीमा बालिकालाई १ फागुनदेखि ६ गतेसम्म पटक–पटक बलात्कार गरेको र २१ फागुनमा पालुङटार पुर्याएर बलात्कार गरेको उल्लेख छ। पीडितका आफन्तले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालीमाटी काठमाडौंमा लोप्चन विरुद्ध जाहेरी दिएका थिए।

काठमाडौबाट खटिएको प्रहरी टोलीलले १२ फागुनमा उनलाई पक्राउ गरी साोमबार जाहेरी दरखास्तसहित जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको छ। आरोपित विरुद्ध जवरजस्ती करणी कसुर शीर्षकमा जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरी हिरासतमा राख्न म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखका डिएसपी रमेश कुमार श्रेष्ठले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट