विद्यालयमा ४ वर्षिय बालकलाई निर्घात कुटपिटः आमाले कुट्दै ल्याएको शिक्षकको आरोप

लहान– सिरहाको बिष्णुपुर गाउँपालिका–४, थल्हास्थित आधारभुत प्राविका एक बालक निर्घात कुटिएका छन्। शिशु कक्षा पढ्ने ४ वर्षिय बालक राजुकुमार यादवको शरीरभरी निलडाम छ। कुटपिटका कारण उनी विरामी परेका छन्।

बालकका अभिभावकले शिक्षक सनोज यादबले कुटपिट गरेको आरोप लगाएका छन् भने शिक्षकले भने बालककी आमाले नै विद्यालय ल्याउँदा कुट्दै ल्याएको बताएका छन्। राजुका हजुरबुवा राजकुमार यादवले विद्यालयमा पढाउने क्रममा शिक्षकले कुटेको बताए।

कुटपिटपछि घर पुगेका राजुलाई निरन्तर ज्वरो आएको र स्वास्थ्य जाँच गराउने क्रममा शरीरभर निलडाम भेटिएको उनले वताए। सोधखोज गर्दा उनले विद्यालयमा सरले कुटेको बताएका थिए।

यता, शिक्षकका अनुसार राजुकी आमाले नै उनलाई कुट्दै विद्यालय ल्याएकी थिईन। फकाउने क्रममा राजुले शिक्षकलाई टोकेका थिए। सोही क्रममा एक÷दुई थप्पड लगाएको शिक्षकले स्विकार गरेका छन्। तर, निलडाम हुने गरी कुटेको विषय भने स्विकारेका छैनन्।

‘मैले हातले हानेको हो। तर, लाठीले पिटेको छैन’ ती शिक्षकले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट