मन्त्री खान माओवादी नेताको खुट्टा तानातान, नारायणकाजी र वर्षमान एक अर्कालाई रोक्न सकृय
काठमाडौं– नयाँ सरकार गठन प्रकृयाले नेकपा माओवादीभित्र तिव्र असन्तुष्टि वढेको छ। खास गरी नारायणकाजी श्रेष्ठका विषयमा पार्टीभित्र समस्या देखिएको नेताहरुले जानकारी दिएका छन्।
चारदलिय गठवन्धनको सोमवार वसेको वैठकले माओवादी उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो। राष्ट्रिय सभाको उपाध्यक्ष भन्दा मालदार मन्त्रालय लिएर सरकारमै रहने योजनामा श्रेष्ठ छन्।
आफु गृहमन्त्री छँदा पार्टी र सरकारको छवि राम्रो बनाएको भन्दै उनले आफूलाई अर्थ वा गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने लबिङ गरिरहेका छन्। उनी अर्थमन्त्रीको सम्भावनामा रहेका वर्षमान वर्षमान पुनलाई रोक्न सक्रिय भएको एक नेताले वताए।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल पनि नारायणकाजीका पक्षमा सकारात्मक छन्। तर, दाहाल निकट मानिएका अग्नि सापकोटा लगायतका केही नेताहरू कसैगरी नारायणकाजीलाई रोक्ने पक्षमा देखिएका छन। अध्यक्ष दाहालसँग असन्तुष्ट रहेका जनार्दन शर्मा पनि श्रेष्ठको साटो पुन नै मन्त्री बनून् भन्ने पक्षमा रहेको एक नेताले खुलासा गरे।
आफु नसोधी राष्ट्रिय सभामा लान खोजेको भन्दै श्रेष्ठ अध्यक्ष दाहालसँग पनि असन्तुष्ट रहेको जनाईएको छ।
यता, पार्टीका उपमहासचिव वर्षमान पुन उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेमा ढुक्क छन्। काङ्ग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको गठवन्धन बनाउने कार्यमा आफूले महत्वपूर्ण भूमिका खेलेकाले अर्थमन्त्रालय आफूले पाउनुपर्ने अडानमा उनी रहेको जनाईएको छ।
माओवादीभित्रको यो विवादको सूचना एमाले अध्यक्ष ओलीसम्मै पुगेको छ। माओवादी नेताहरूले नारायणकाजी र वर्षमानका पक्षमा एमालेका नेताहरुसँग लविङ गरिहेका छन्।
यता, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले आफुखुसी मन्त्रि चयन गरिरहेकाले को–को मन्त्री बन्छन भन्नेमा अन्यौल रहेको वताईएको छ।