पत्थरीको अप्रेशन भनिएको घट्ना ‘बुबाको बलात्कारपछिको गर्भपतन’ भएको खुलासा

चितवन– चितवनको कालिका नगरपालिकाको एक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षिया बालिका गत पुस महिनामा एक साता विद्यालयमा अनुपस्थित भईन।

शिक्षक कर्मचारीले सोधखोज गर्दा पत्थरीको शल्यक्रिया गरी आराम गरिरहेकाले विद्यालय आउन नसकेको भन्दै परिवारका सदस्यले जानकारी दिए। तर, उक्त घट्ना झुठो भएको खुलासा भएपनि अहिले गाउँमा खैलाबैला मच्चिएको छ भने बालिकाका बाबु गाउँ नै छोडेर भाग्नु परेको छ।

चितवन प्रहरीले दिएको जानकारी अनुसार अत्थरीको शल्यक्रिया गरेको भनिएको समयमा बालिकाको गर्भपतन गराईएको र उक्त गर्भ उनकै बुबाको भएको खुलेको छ। वुबाले पटक पटक बलात्कार गरेको र तीन महिनाको गर्भपतन गराएको खुलेपछि अहिले आरोपित फरार भएका छन्।

बलात्कारका कारण बसेको ३ महिनाको गर्भपतन गराएपछि त्यसको सुईको भने बालिकाका मामलीले पाएका थिए। मावलीले घट्ना थाहा पाएपछि १० पुसमा चितवन प्रहरीमा बलात्कार अभियोगमा जाहेरी दर्ता गराएका छन्।

कालिका नगरपालिकामा डेरा गरी बस्ने बालिकाका बुबा उजुरी परेपछि फरा भएका छन्। उनी अझैसम्म पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालले बताए।

विद्यालयका अनुसार सधैँ मलिन अनुहारमा कक्षामा वस्ने बालिकाको शारीरमा परिवर्तनहरु देखिन थालेको थियो। तर, सोधपुछ गर्दा उनले सधैं ढाँटेको एक शिक्षकले वताए। बुबाको बलात्कारपछि बसेको गर्भपतन गराएको विषयमा बालिकाकी मामाघरकी हजुरआमाले बताएपछि मात्रै आफुहरुलाई घटना जानकारी भएको विद्यालयले जनाएको छ।

कालिका नगरपालिकाकी उपमेयर विमला तामाङले बालिकाको स्वास्थ्य अवस्थाबारे बुझिरहेको र प्रहरीको समन्वयमा बालिकाको उचित संरक्षणको व्यवस्था गर्ने जानकारी दिइन्। जाहेरीमा उल्लेख भए अनुसार महिनावारी नभएपछि बालिकालाई भरतपुरमा लगेर गर्भपतन गराएको पाईएको छ।


प्रतिक्रिया

2 thoughts on “पत्थरीको अप्रेशन भनिएको घट्ना ‘बुबाको बलात्कारपछिको गर्भपतन’ भएको खुलासा

  1. १००१ टुक्रा बनाएर त्यस्तो मान्छे लाई कुकुर लाई खुवाउनु पर्यो।😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट