मलंगवाको झिलिमिलिया मन्दिरको मूर्ति तोडफोड गर्ने बैठा पक्राउ, ५ वर्ष हुन सक्छ जेल

सर्लाही– सर्लाहीमा मन्दिरभित्रको मूर्ति तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मलंगवा नगरपालिका ८ का ३३ वर्षीय राकेश बैठा पक्राउ परेका छन्।

मलंगवा–८ कै झिलिमिलिया मन्दिरको मूर्ति तोडफोड गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो। उनीविरुद्ध धर्म सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ।

घटनास्थलमा रहेको सबुत प्रमाणका आधारमा बैठालाई पक्राउ गरिएको सर्लाहीका एसपी श्याम कुमार महतोले बताए। प्रहरीले जिल्ला अदालत मलंगवाबाट दिन ५ दिनको म्याद लिएर बैठामाथि अनुसन्धान तथा कारबाही अगाडि बढाएको छ।

मंगलवार राति मूर्ति तोडफोड गरिएको थियो। त्यसको विरोधमा स्थानीयले मलंगवा बजार बन्द गराएका थिए।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउने कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट