नर्स हत्या प्रकरणः ट्रेङगल लभको नतिजा, हत्या गरेर भागेका प्रेमीको पनि शव भेटियो

विराटनगर– विराटनगर– ४ स्थित नोबल टिचिङ्ग अस्पतालमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या प्रकरण गम्भिर मोडमा पुगेको छ। उनको हत्यामा संलग्न रहेको भनिएका प्रेमी २२ वर्षीय शिवशंकर दासको पनि शव फेला परेको छ।

नोबल हस्पिटल अगाडिको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा चन्द्रिकाका प्रेमी शिवशंकर दासको शव आइतबार राति फेला परेको प्रहरीले जनाएको छ।

सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४, बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा कोठामा वस्दै आएकी थिईन। नोवेलको अर्थो बिभागमा कार्यरत उनी २ महिना अगाडिदेखि त्यहाँ वस्न थालेकी थिईन।

शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठाभित्र बाथरुममा उनको शव भेटिएको थियो। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट थियो। चन्द्रिकाको हत्या उनकै प्रेमी शिवशंकरले गरेको खुलेको थियो। उनी फरार थिए।

फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको मोरङ प्रहरीका एसपी नवराज कार्कीले बताए। शिवशंकरले प्रयोग गर्ने फोनको लोकेसन विराटनगरको कन्चनबारीतिर देखाएपछि उनको खोजतलास त्यतै केन्द्र्रीत भएको थियो। ट्याक गर्दै खोजी गर्ने क्रममा होटल फाइनमा प्रहरी टोली पुगेको थियो।

होटल खानतलासी गर्दा एउटा होटलको ढोका खुलेन। त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा उनको शव भेटिएको एसपी कार्कीले बताए। शिवशंकरले आत्महत्या गरेको होटल चन्द्रिकाको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा छ।

प्रहरीका अनुसार शिवशंकर र चन्द्रिका ४ वर्षदेखि प्रेमसम्बन्धमा थिए। शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए। उनी मलेसिय गएपछि चन्द्रिका सिरहाकै सिएमए अमिन धानुकको प्रेममा परिन। मलेसियाबाट फर्केपछि चन्द्रिकाबाट धोका पाएको रिसमा शिवशंकरले उनको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।

शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए। उनी २९ फागुनमा विराटनगर आए। विराटनगर आएपछि उनी चन्द्रिकाकै डेरामा बसेको प्रहरीले जनाएको छ। त्यहाँ खटपट भएपछि बिहीबार दिउँसो हत्या गरी उनी फरार भएको प्रहरीको अनुशन्धानबाट खुलेको छ।

हत्यामा प्रयोग भएको किचनमा प्रयोग हुने कटर प्रहरीले बरामद गरेको छ। हत्यापछि शिवशंकर दुई दिन कता गए त्यो खुलेको छैन। आईतबार दिउँसो भने उनले दिदीलाई फोन गरेर ‘अब म पनि आत्महत्या गर्छु’ भनेको खुलेको छ। शिवशंकरको शवको सनाखत उनका दाजुले गरेका छन्।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट