गृहमन्त्रीका नगर अध्यक्षलाई भ्रष्टाचार आरोपमा निलम्वित मेयरले कुटे

राजविराज– गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका राजविराज नगरअध्यक्ष खेलानन्द दासमाथि सोमबार दिउँसो राजविराजमा कुटपिट भएको छ। राजविराजका निलम्वित मेयर भिमराज यादवको राजिनामा माग गर्दै प्रदर्शन गरेपछि उनीमाथि कुटपिट भएको हो।

सिटी रिक्सामा ‘भ्रष्टाचारी मेयर भिमराज यादव राजिनामा देउ’ लेखिएको ब्यानर टाँगेर वजार परिक्रमा गरिरहेका वेला निलम्बित मेयर भिमराज, उनका छोरा विलियमलगायत ४/५ जनाको समुहले आफुमाथि कुटपिट गरेको दासले बताएका छन्।

कुटपीटबाट घाईते भएका दासको राजविराजकै छिन्नमस्ता अस्पतालमा उपचार भईरहेको छ। उनले कुटपीट गर्ने उपर कानुन बमोजिम कारबाहीको माग गर्दै कार्वाही नभएर अस्पतालमै आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन्।

यता, भिमराज यादवले राजनीतिक रुपमा आफ्नो विपक्षमा रहेकाहरुको पैसा खाएर वदनाम गर्न लागि परेपछि प्रतिकार भएको वताए। ‘मैले के भ्रष्टाचार गरें, देशमा कानुन छैन ? त्यसरी भ्रष्टाचारी मेयर भनेर अरुको वदनाम गर्न पाईन्छ ?’ उनले भने–‘मेरो वदनाम गर्न नियोजित रुपमा परिचालन भएको मान्छे हो त्यो। मिटिङका मिटिङ छ।’

उनले कुटपिटमा आफु संलग्न नभएको पनि वताए। ‘मैले केही गरेको होईन, मेरो वदनाम गरेको देखेपछि केटाहरुले गरेका हुन’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट