नेपाल कमर्स क्याम्पसका शिक्षक धर्मराज विष्टको हत्या आरोपमा उनकै विद्यार्थी पक्राउ

काठमाडौं– काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका शिक्षक धर्मराज विष्टको हत्या आरोपमा प्रहरीले १६ वर्षपछि १ जनालाई पक्राउ गरेको छ।

ललितपुर इमाडोल निवासी विष्टलाई २६ असार ०६४ मा कुटपिट गरी हत्या गरिएको थियो। सोही आरोपमा प्रहरीले ललितपुर ढोलाहिटीकी ४१ वर्षीया सोभिता थापा अधिकारीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी विष्टको हत्या घट्नाकी मुख्य योजनाकार हुन।

प्रहरीका अनुसार सोभिता, उनका भाइ विनोदसहित तीन जनाको समूहले कुटपपिट गर्दा विष्ट घाइते भएका थिए र उपचारका क्रममा मृत्यु भएको थियो। उक्त घटनाको १६ वर्षपछि प्रहरीले हत्या आरोपी सोभितालाई पक्राउ गरेको हो। थापालाई प्रहरीले जिल्ला अदालत ललितपुरमा बुझाएको छ।

यस्तो थियो घट्ना
पक्राउ परेकी सोभिता तत्कालीन विद्यार्थी हुन्। उनकै योजनामा उनका भाइले विष्टको हत्या गरेका थिए। ललितपुरमा परिवारसहित बस्दै आएकी सोभिता भने प्रहरीको नजरमा परेकी थिइनन्। हत्या गर्ने उनका भाइ भने जेल सजाय पुरा गरेर छुटेका छन्।

सोभिता मिनभवन कलेजमा भर्ना भएकी थिईन। तर, कक्षा लिन भने पाटन क्याम्पस जान्थिन्। स्नातक तहको थेसिस बुझाउन भने आफै भर्ना भएको कलेज मीन भवन जानुपर्याे। सोही क्रममा २६ असारमा उनी कलेज गईन।

कलेज जाँदा विष्टले जिस्काएको भन्दै सोभिताले भाइ विनोदलाई बताइन्। विनोद शंखमुलमा ढुकेर बसे र विष्टमाथी कुटपिट गरे। विष्ट ललितपुरको शंखमुलमा घाइते अवस्थामा भेटिएएका थिए। उपचारका क्रममा उनको मृत्यु भयो। यही घट्नामा विनोद १० वर्ष जेल बसेर गत वर्ष मात्र छुटेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट