अछाममा ट्याक्टर दुर्घट्ना हुँदा एकै वडाका ५ जनाको मृत्यु

काठमाडौं– अछामको मेल्लेख गाउँपालिका– ७, नन्देगडाको सुयडीमा सोमवार विहान ट्याक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्।

षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१ ००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना हुँदा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामीको मृत्यु भएको हो।

दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अर्जुन साउदले जानकारी दिए। मृतक र घाइते सवै एउटै वडाका बासिन्दा हुन्। घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट