घाँटी रेटेर श्रीमतीको हत्या गरेपछि गाउँमा सुनाउँदै हिडेका तीर्थले आफनो घाँटी चाही किन काटे ?

रौतहट– रौतहटको वृन्दावन नगरपालिका–१, बलहरी गाउँको तामाङटोलका ४० वर्षीय तीर्थ वाइबाले ३५ वर्षीया पत्नि सेतीमाया तामाङको हँसियाले घाँटी काटेर हत्या गरेका छन्। घाँटी रेटेर आत्महत्या प्रयास गरेका उनको पनि अवस्था चिन्ताजनक छ।

वाईबाले घर नजिकै रहेको मकैबारीमा श्रीमतीलाई हँसियाले घाँटी रेटेर हत्या गरेको पाईएको छ। अत्यधिक मदिरा सेवन गरेका तीर्थले श्रीमतीको हत्या गरेपछि गाउँमा सुनाउँदै हिडेका थिए। त्यसपछि घरमा पुगेका उनले आँगनमा वसेर आफनै घाँटी रेटेका थिए।

गम्भीर अवस्थामा फेला परेका उनलाई तत्कालै उपचारको लागि चन्द्रनिगाहपुर अस्पतालमा पु¥याइएको थियो। अहिले चन्द्रपुर अस्पतालमा उनको उपचार भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

वाईबालाई अस्पताल पठाएपछि प्रहरीले मकैबारीमा खोज्दै जाँदा सेतीमायाको शव फेला पारेको थियो। घटनास्थलमा दुईवटा हँसिया फेला परेका छन। प्रहरीका अनुसार यो घट्ना बुधबार दिउँसो साढे ४ बजेतिरको हो।

तीर्थका पतिपत्नि बागमतीको बगरमा घाँस काट्न गएका थिए। उनीहरुबीच त्यहीँ विवाद हुँदा तीर्थले हँसियाले पत्नीको घाँटी रेटेर हत्या गरेको पाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट