७ जनाको ज्यान जाने गरी जीप दुर्घटना गराएर भागेका चालक ७ वर्षपछि पक्राउ

काठमाडौं– ७ वर्षअघि एकै परिवारका ७ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाका चालकलाई प्रहरीले यतिवेला पक्राउ गरेको छ।

११ चैत ०७३ मा प्युठानको स्वर्गद्वारी नजिकै बा८च१५६१ नम्बरको स्कार्पियो जीप दुर्घटनामा ललितपुरको सातदोबाटो निवासी दिनेशध्वज बस्नेतका परिवारका सम्पूर्ण सदस्यले ज्यान गुमाएका थिए।

दुर्घटनामा ४३ वर्षीय दिनेशध्वज, उनकी श्रीमती प्रभा बस्नेत, उनीहरूका छोरीद्वय २१ वर्षीया दीक्षा र ९ वर्षीया दीया, २३ वर्षीया सृष्टि बञ्जाडे खत्री र ४६ वर्षीया अम्बिका गजुरेल गरी दुर्घटनास्थलमा ६ जनाको मृत्यु भएको थियो। सुशीला जिसी र ५३ वर्षीया सुनीता श्रेष्ठ घाइते भएका थिए। उपचारका क्रममा बुटवलस्थित अस्पतालमा सुनीताको पनि मृत्यु भएको थियो।

ललितपुरबाट स्वर्गद्वारी मन्दिर दर्शनका लागि हिडेको वस्नेत परिवार १० गते साँझ प्युठान पुगेको थियो। भोलिपल्ट बिहान होटेलबाट निस्किएका उनीहरु मन्दिर पुग्न करिब तीन किलोमिटर बाँकी हँुदा भिङ्ग्री–६ रुमालेमा दुर्घटनामा परेका थिए।

जीप सडकबाट करिब ४ सयमिटर तल सखेको थियो। सामान्य घाईते भएका ललितपुरको गोटिखेलका जीपका चालक सरोज घले त्यसयता फरार थिए। २७ वर्षीय सरोजलाई ललितपुरकै ग्वार्कोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी ईश्वर थापाले जानकारी दिए।

घलेलाई उपत्यका प्रहरी कार्यालयले पक्राउ गरी सोमबार प्युठान पठाएको उनले वताए। थापाका अनुसार घले पछिल्लो समय ललितपुरमै ठूलो सार्वजनिक बस चलाउदै आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट