कुखुराको मासुमा खुर्सानी नहालेको रिसमा एक ब्यक्तिले श्रीमतीलाई छतबाट मिल्काए

काठमाडौं– कुखुराको मासु पकाउँदा खुर्सानी हाल्न बिर्सेको भन्दै पाकिस्तानमा एक ब्यक्तिले श्रीमतीलाई छतबाट मिल्काई दिएका छन्।

लाहोर सहरस्थित नोनारियन चोकमा शालिमार रोड नजिकै बस्ने मरियमलाई उनका श्रीमानले छतबाट मिल्काएका हुन। कुखुराको मासु खाँदा खुर्सानी कम भएपछि रिसाएका ती ब्यक्तिले श्रीमतीलाई नै फालिदिएको जनाईएको छ।

यो डरलाग्दो घटनापछि त्यहाँ उपस्थित मानिसहरूले तत्काल महिलालाई नजिकको अस्पतालमा भर्ना गरेका थिए। हाल महिलाको अवस्था चिन्ताजनक रहेको र उनको उपचार भइरहेको छ।

मरियमको खुट्टामा गम्भीर चोट लागेको छ। यो घट्नाको भीडीओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा छतबाट खसेपछि महिला लडेको देख्न सकिन्छ। यस अवधिमा उनी उठ्न पनि सक्दिनन्। पछि नजिकैका मानिसहरू आएर उनलाई मद्दत गर्छन्।

पाकिस्तानी मिडियाका अनुसार पुलिसले एफआईआर दर्ता गरेर महिलाका पतिलाई पक्राउ गरेको छ। यसका साथै अधिकारीहरूले महिलाकी सासू र जेठाजुविरुद्ध पनि मुद्दा दर्ता गरेका छन्। सासुको नाम शाजिया र भाउजुको नाम रोमन रहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट